गल्कोटको सान धुम्टेले गल्कोटेलाइ नै गिज्याइरहेको छ ।
नेपाल भित्रको नेपाल र झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बाग्लुङ जिल्लाको पर्यटकीय दृष्टिकोणले निकै चर्चित ठाउ हो गल्कोट । राजधानी काठमाडौंबाट करिब ४ सय ५० किलोमिटर टाढा र पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धौलागिरी अंचलकै प्रमुख ब्यापारीक स्थल , अंचल सदरमुकाम बागलुङ बजार देखी करिब ३६ किलोमिटर टाढा जिल्लाकै शिखर पडाड "घुम्टे" को काखमा अबस्थित सुन्दर हरियाली डाँडाकाडाहरूले घेरिएको , सुन्दर झरना हरुले सुसज्जित ,नागबेली झै अविरल बगीरहने गौदी दरम खोलाहरु , बिभीन्न जात जाती हरुको सुन्दर बस्ती १२ गाविसहरुको संयुक्त प्रतिनिधित्व गर्ने नाम हो गल्कोट ।
पुरानो सदरमुकाम "गल्कोट " धार्मिक , प्राकृतिक , सांस्कृतिक र राजनैतिक जुनसुकै तबरले पनी महत्वपूर्ण क्षेत्र हो यहाँ आन्तरीक तथा बाह्यय पर्यटक लोभ्याउने जिल्लाकै सबैभन्दा अग्लो १०,३९३ फिट उचाई भएको घुम्टे पहाड रहेको छ। घुम्टे पहाडको टुप्पोमा पुग्ने आन्तरीक तथा बाह्य धार्मीक वा प्रकृति संग रमाउने पर्यटकहरुले हेर्दा गल्कोट चारैतिरबाट पहाडहरुले घेरेको बिचभागमा समथल फाट , भिराला पाटा साथै नागबेली झै अबिरल बगीरहने खोलानाला, सुन्दर छहरा र हरिया भिरपाखा र बिशाल पहराले सजिएको निकै मनोरम प्राकृतिक दृश्यावली भएको सानो उपत्यका जस्तो देखिन्छ ।
पर्यटकीय दृष्टिकोणले अतिनै महत्वपूर्ण यस गल्कोट क्षेत्रमा जिल्लाको अग्लो पहाड घुम्टे र शिखरमा रेहेको सिद्धबाबाको मन्दिर, गाजाको धुरी र साथमा रहेको गाजा दह, हटियाको नीलुवा उपत्यका(आजकल पिकनिक स्पटले प्रख्यात ठाउं )कोटको फेदमा रहेको सुन्दर छहरा, गाईघाट छहरा, हरिचौरमा रहेको ऐतिहासिक राजदरबार, मोतिमारेको दह, रीधाको बिशाल चौर, काडेबासको थालेपोखरा , उच्कको घुम्टो पाण्डवखानीको घाटुनाच, हटियाको नेवारहरुको लाखेनाच, तारा हिल, अमरभूमी र अर्गलमा मनाइने भूत पोल्ने र सीस्नो खोस्ने मेला, घुम्सेलीको एकादशी मेला , हरीचौर सिमलबोटको माघेसक्रान्ती मेला , चैते दशैमा भगवती र खडक मन्दिरमा लाग्ने धार्मीक मेला र कोत मैदानमा हुने सांस्कृतिक मेला आदिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने थुप्रै संभावना छ । तर गल्कोटे स्थानीयबासीलाइ नजिकको तीर्थ हेला भन्या जस्तै यस्ता सम्पतीहरुको संरक्षण, प्रचार प्रसार गर्नुको सट्टा खासै वास्ता नगरे जस्तो देखीन्छ।
पर्यटकीय स्थल घुम्टे क्षेत्र लालीगुँरासका लागि प्रख्यात मानिन्छ । जिल्लाकै अग्लो पहाड भएकोले उक्त स्थानबाट गल्कोट क्षेत्रका १६ वटा गाविस, पश्चिमाञ्चलका १६ वटा हिमश्रंखला, सुर्यदय तथा सुर्यस्त लगाएतका प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । सयौं प्रजातिका जडिबुटी, बन्यजन्तु, घना जंगल, सम्म चौर, सिमसारक्षेत्र भएको उक्त लेक जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आएको छ। दर्जनौं प्रजातिका गुँरास पाइने घुम्टेको लेकमा बिगत चार बर्ष अघिदेखी लालीगुँरास उत्सब कार्यक्रम राखी राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र घुम्टेको पर्यटन प्रर्वद्धन गरी गल्कोट क्षेत्रलाई थप प्रचार गर्न थालिएको छ । यो बर्ष पनी चैत्र ३१ देखी बैसाख १ गतो सम्म घुम्टे पर्यटन बिकास केन्द्रले लालीगुरास महोत्सव गर्ने भएको छ ।
पाण्डवहरु बसोबास गरेको स्थान पनी भनिने घुम्टे–लेकमा परापुर्वकाल देखिनै बैशाखी पुर्णिमाको अवसर पारेर उक्त मन्दिरको दर्शनका लागि भक्तजनहरुको भिड लाग्ने गर्दछ र भक्तजनहरुको सहजताका लागी हालका दिनहरुमा मात्रै नेपाल सरकार पर्यटन मञ्त्रालय र स्थानियबासीको रोहबरमा चन्दा संकलन गरी पैदलमार्ग सम्पन्न भएको छ । यसरी पैदलमार्ग निर्माण भएपछि पहाड चढ्न लाग्ने समय छोटिएको र यात्रामा समेत सहजता भएको स्थानीयबासीको भनाइ छ यसले गर्दा बैसाक पूर्णिमामा धार्मीक पर्यटक पहीलेभन्दा निकै बढेको भएपनी पैदल बाटो नबनुन्जेल सम्म पनी स्थानीय भक्तजनहरुको बाक्लै उपस्थिती रहने गरेको थियो।
पछिल्लो अबस्थामा समाजमा कृयासिल सामाजिक संघ संस्था , स्थानीय क्लबहरु र गल्कोटबाट बिभीन्न कारणबस देशका बिभीन्न ठाउ र बिदेशमा रहेका सम्पुर्ण गल्कोटेहरु गल्कोट बिकासमा एकजुट हुने क्रम जारी रहेको छ । घुम्टे पर्यटन बिकास केन्द्रले घुम्टेलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ घुम्टेमा लालीगुरास उत्सब , साहसिक साइकल यात्रा र साहसिक दौड जस्ता कार्यक्रम गर्दै थप प्रचार प्रसार गर्दै आइरहेको छ भने बिदेशमा बसोबास गर्ने गल्कोटेहरु पनी घुम्टे बिकासमा लाग्नुपर्छ भनी अन्तरक्रीया कार्यक्रमहरु गर्दै आएका छन ।
घुम्टेलाइ नजीकको तीर्थ हेला जस्तो नगरी बेलैमा सम्पुर्ण गल्कोटेजनहरु एकजुट भइ उचित कार्ययोजना तर्जुमा गरी लाग्ने हो भने हामी गल्कोटलाइ नेपालको पर्यटकीय स्थल बनाउन कती बेर लाग्दैन । पर्यटकीय दृष्टिकोणले त घुम्टे पहाड यसैनै अगाडि छ तर यस क्षेत्रमा भएका सयौ जडिबुटीहरु प्रसोधन गरी गल्कोटलाइ आर्थिक रुपले सबल गराउन सकीन्छ ,खेतीयोग्य जमीनमा घर घडेरीमा प्लटीन्ग नगरी वैज्ञानिक कृषि प्रणाली लागू गरी व्यवसायिक कृषि खेती गर्न सकीन्छ हुनत बिगत १०/१२ बर्ष पहीले जस्तो कृषि प्रणाली छैन अहीले धेरै ब्यबसायीक कृषिमा लागेका छन तर यसलाइ अझै बिस्तार गरी गल्कोटभर खपत हुने गरी कृषि उत्पादन बढाउनु जरुरी छ र अर्को कुरा पर्यटकीय स्थलहरूको उचित संरक्षण र प्रचारप्रसार गर्ने, अग्ला पहाड़हरूमा ट्रेकिङको योजना तर्जुमा गर्ने, जनतालाई आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, यसका लागि आवश्यक तालिम हरु स्थानीय निकायमार्फत पहल गर्ने , प्राविधिक शिक्षण संस्थाहरूको स्थापना वा विकास गर्ने र मानबीय स्रोतलाई उपलब्ध स्रोत र साधनको उपयोग गरी आफ्नो व्यवसाय सञ्चालन गर्न आत्मजागरण तालिमको व्यवस्था गर्ने र स्वदेशको व्यवसाय अत्यन्तै सानो भएपनि आत्मनिर्भर र दिगो हुन्छ भन्ने धारणा विकास गर्नु प्रमुख आबस्यकता हो ।
हाम्रो समाजमा देखा परेका खास समस्या के हुन त त्यो छुट्याउनु जरुरी छ ।देशले बिभीन्न कालखण्डमा राजनैतिक परीबर्तनको महसूस गरेतापनी हाम्रो समाज परम्परागत रुपमा नै चलेको अबस्था छ हामी पुर्ण साक्षर छौ की छैनौ शिक्षाको पहुच कती पुगेको छ ,गल्कोटमा हरेक गाउ गाउमा आधारभुत आबस्यकता अनुसारको आधारभुत शिक्षा स्वास्थ्य सेबा सुविधा लिन पाएका छन या छैनन दिनचर्या कसरी बितीरहेको छ के चाहन्नछन स्थानीयबासी ? अध्ययन गरी समस्या हल गर्नु आबस्यक छ ।हाम्रो समाजमा गल्कोटमै केही ब्यबसाय गर्छु भन्दा रृण नपत्याउने तर बिदेशको भिसा लाग्यो भन्दा लाखौ रृण पनी उपलब्ध गराउने प्रबृती हाबी छ जसले गर्दा स्वद्शमै केही गर्छु भन्नेलाइ पनी बिदेशीनु बाध्यता जस्तै बनाएको छ यस्तो धारणामा पनी सुधार हुनु आबस्यक छ । तर कैले ।
स्वदेश वा विदेशमा रहने हर एक गल्कोटेलाइ गल्कोट विकासको चासो छ चिन्ता छ, तर विकास जादु जस्तो अवस्य हुँदैन, एउटा व्यक्तिको प्रयासले, एउटा व्यक्तिको लगानीले पनी त सम्भव छैन , समाज विकासमा जिम्मेवार जनसक्तिको खाँचो हुन्छ एकताको खाँचो हुन्छ अनि सामाजिक संस्थाहरुको कार्यशैलीमा पनी भर पर्छ।गल्कोट विकासकै नाममा केहि संघ संस्थाहरु देश विदेशमा विभिन्न नाम बाट धेरै खुलेका छन् तर विकासका आधार पूर्वाधार अनि भावी संरचनाका बलियो आधार कतै भेटिन्न र कुनै संस्थासंग छैन पनि । सायद गल्कोट विकास गर्न लागीपरेका हरेक संस्थाहरुमा आवद्ध सबैमा व्यक्तिगत स्वार्थ नहोला तर केहि हाली मुहाली हरुको इसारामा चल्ने संस्थाहरुले गल्कोट विकासमा उत्साहजनक फड्को मार्न सक्ला र ?
गल्कोटको अर्को प्रमुख समस्या बनेको छ बसाइसराइ । गल्कोटअहीले तिब्र रुपमा बसाइसराइको चपेटामा छ । द्वन्दकालबाट सुरु भएको यो रोग अहीले झन बढ्दो क्रममा छ । गल्कोटेहरु रहर वा बाध्यता जुन हिसाबले भएपनी प्राय धेरै संख्यामा बिदेशमा कार्यरत छन र उनीहरु धन कमाएपछी गल्कोट छोडेर पोखरा , काठ्माण्डौ र चितवन लगाएतका बिकसीत ठाउहरुमा बसाइसराइ गर्छन आफुले कमाएको धन उतै जग्गा ज़मीन घर खरिद गर्न प्रयोग गर्छन तर गल्कोटमा लगानी गर्न भने हिचकीचाउछन आखिर कीन ? के गल्कोटमा केही संभावना छैन त ? गल्कोटमा लगानी गर्ने आधार नै छैन त ? त्यस्तो हो भने योजना बनाउनेले योजना बनाउने र लगानीकर्ताले लगानी गर्ने बाताबरण सृजना गर्नु उत्तम बिकल्प हुन सक्छ।चन्द्रागिरीमा संभावना हुने धुम्टेमा नहुने ? मनोकामना मन्दीरमा हुने तर धुम्टेको शिरमा रहेको सिद्द बाबाको मन्दिरको नहुने , बन्दीपुरमा नेपालकै प्रमुख होमस्टेको संभाबना हुने हाम्रो गल्कोटका बस्तीहरुमा नहुने त्यो किमार्थ सत्य होइन समस्या त हाम्रो इच्छा शक्तीमा छ , अग्रसरतामा छ र समस्या देखी पन्छीनुमा छ तर साँची भन्ने हो भने गल्कोटबासी सबैले एकमत भएर गल्कोट बिकास गरी नमूना गराउ भनेर अभियान संचालन गर्ने हो भने असम्भव पक्कै पनी छैन ।किनकी यसको गतिलो उदाहरण धुर्मुस सुन्तली फ़ाउन्डेशन ले निर्माण गरेको गिर्रन्नाचौर बस्ती र मुसहर बस्ती हाम्रो सामु छ । समस्या हरेक ठाउमा छन हरेक क्षेत्रमा छन तर समस्यालाइ सुधार गर्दै जानेहो न की समस्या बाट भाग्ने,तर अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्न र भएका काम बिगार्न भने हामी अगाडी छौ , हाम्रो ठाउमा आएका सरकारी आयोजनाहरु पनी हामी कुन गाबिस मा राख्ने भनेर स्थानको बिबाद गरी आयोजना नै गुमाउने खेलमा लाग्छौ अब भने समय बदलिएको छ सम्पुर्ण गल्कोट एक नगरपालिका भएको छ अब केही बिकासका परियोजनामा सबै गल्कोटे एक हुनेछन त्यसैले सबै गल्कोटेले आफ्नो जन्मभूमि प्रती माया देखाइ केही गरौ भन्ने भावनाको बिकास गरे मात्र गल्कोट नमूना बन्न सक्छ होइन भने पर्यटकीय संभावना बोकेको गल्कोटको सान धुम्टेले अझै कैयौ गल्कोटे पुस्तालाइ गिज्याएर बसीरहने छ ।