गोरख भण्डारीअधिकार विभाजन अर्थात् विकेन्द्रीकरण आफैंमा एउटा राम्रो व्यवस्था हो । यसको अर्थ कुनैपनि राष्ट्रको केन्द्रमा भएको केन्द्रिकृत शक्तिलाई विभाजन गरि स्थानीय तहमा पुर्याउने भन्ने हुन्छ । केन्द्रीय सरकारले लिने सम्पूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न निकायहरूको स्थापना गरी अधिकारको प्रतिस्थापन गर्नु राम्रो अवधारणा हो र अहिले यसको प्रयोग नेपालमा नयाँ ढंगले गर्न लागिएको छ ।
देशले विभिन्न राजनीतीक परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । बाइसे चौबीसे राज्यको नामले छरिएर रहेका टुक्रे राज्यहरूलाई एकीकृत गरी नेपालको निर्माण गर्ने अभियान र...