Himalayan Range of Nepal

This is a photograph of Himalayan Range of Nepal.

Hatiya Bazaar from Ghumte Hill

Hatiya Bazaar from Ghumte.

Hatiya Bazaar From Charaudi

Hatiya Bazaar From Charaudi

Suspension Bridge of Hatiya

Suspension Bridge of Hatiya

Beautiful picture of Himalayan village

Beautiful picture of Himalayan village

Showing posts with label short summary of Nepal. Show all posts
Showing posts with label short summary of Nepal. Show all posts

Monday, July 30, 2018

गल्कोटबासीको चाहना गल्कोट समाज अन्तराष्ट्रीय परिषदले गल्कोटमा अस्पताल बनाओस

बिश्व अर्थतन्त्रमा सबैभन्दा बढी शक्तिशाली रुपमा आफ्नो उपस्थिति जनाउने दुइ बिपरीत राज्यब्यबस्था भएका सैन्यशक्ती तथा क्षेत्रफलको आधारमा पनी निकै ठुला राष्ट्रहरुको बिचमा हाम्रो देश नेपाल अबस्थित चारैतिरबाट जमिनले घेरिएको भुपरीबेष्ठीत राष्ट्र नेपाल प्रकृतिले भने निकै न्याय गरेको राष्ट्र मध्य एक हो यहाँ धार्मिक पर्यटकको लागी पशुपती लुम्बिनी , ट्रेकिन्ग तथा दृष्याबलोकनको लागी उत्तर भेगमा अबस्थित हिम श्रीङ्खलाहरु (सगरमाथा लगायत सबै) , नदीनाला, झरना ,बन्यजन्तु , चराचुरुङ्गी जस्ता बिभिन्न क्षेत्रहरु रहेका छन त्यसैले बिदेशीहरु नेपाललाइ स्वर्गकै टुक्रा हो भनेर पनी भनेको सुनिन्छ स्मरणरहोस नेपाल घुम्नैपर्ने देशहरुमा अग्रस्थानमा पर्दछ।

आज चर्चा गर्न खोजिएको बिषयबस्तु गल्कोट संग सम्बन्धित भएपनी भुमीकामा नेपालको बारेमा लेख्नु उचित ठानेर अलिकती लेखिएको हो। गल्कोट काठ्माण्डौ देखी करीब ४५० किमी पर्यटकीय नगरी पोखराबाट लगभग १०० किमी तथा साबिक धौलागीरी अन्चलकै ब्यापारीक केन्द्रबिन्दु कालिका देबीको आँगन बाग्लुङ्ग बजारदेखी ३६ किमी टाढा जिल्लाकै अग्लो पहाड मानिने घुम्टे, गाजा धुरी जस्तै अन्य धुरीहरुको काखमा अबस्थित सुन्दर नगरी हो हाल राज्यब्यबस्था परीबर्तन भइ संघियतामा गएको नया पुनर्संरचनामा यस क्षेत्रलाइ गल्कोट नगरपालिकाको रुपमा चिनीन्छ यद्धपी गल्कोट क्षेत्र भित्र ताराखोला गॉंउपालिकाका क्षेत्रहरु पनी पर्दछन।  

गल्कोटमा रमणिय दृश्याबलोकन क्षेत्रहरु, धार्मिक क्षेत्रहरु सदाबहार बगीरहने गौदी दरम खोलाहरु रहेका छन बहुजातिय बसोबास रहेको गल्कोटमा बिभिन्न धर्म मान्ने चाडपर्ब अनुसार बिभीन्न संस्कृति रितीरिवाज देख्न पाइन्छ।गल्कोटको बारेमा सम्पुर्ण जानकारी जस्तै भौगोलिक अबस्था , राजनैतिक अबस्था , धार्मिक स्थलहरु, खोलानाला झरनाहरु, चाडबर्बहरु को बारेमा अघिल्ला लेख तथा अन्य लेखकहरुले पनी प्रष्ट पारेको हुनाले यहाँ लेख्न उचित ठानिन लेखीन। मेरो उदेस्य रहर तथा बाध्यताले पृथ्बीको बिभीन्न स्थानमा बसोबास गर्दै आउनुभएको गल्कोटेहरुले गल्कोटको नाममा समाज संघसंस्था संचालन गर्दै गर्दा गल्कोटको बिकास हुन नसकेको क्षेत्रमा पनी महत्वकॉक्षी योजना ल्याइ कार्यान्वयन गर्नु आबश्यक हुनेछ भन्ने हो, किनकी प्रबासमा रहने गल्कोटेहरु शैक्षीक तथा आर्थिक दृष्टिकोणले सक्षम मातृभुमीप्रती केही गरौ भन्ने सोच रहेको हुनाले यदी एकीकृत सोंचका साथ अगाडी बढे संबृद्धी असंम्भब छैन गल्कोटमा

गल्कोट पहीलेभन्दा परीबर्तन पक्कै भएको देश समाजबाद उन्मुख संघियतामा गइसकेपछी भएको राज्यपुनर्संरचना पछी साबिकका गाबिस जिबिसहरु बिघटन भइ नगरपालिका गॉंउपालिका सृजना गरिएपछी केन्द्रका केही सेवासुबिधा आफ्नै ठाउमा आएका छन जसले गर्दा स्थानियबासी लाभान्वित भएका छन बिकेन्द्रीकरण पछी बजेट बिनियोजन पनी सिधै नगरपालिका मार्फत हुने भएकोले बिकासको गति पहीलेभन्दा अगाडी बढेको महसुस हुन्छ यो बर्ष पनी बिभीन्न साना तथा मझौला योजना सफल बनाउन गल्कोट नगरपालिकाले ६० करोड जतिको बजेट कार्यक्रम गरी सार्वजनिक गरेको  

समग्रमा नियालेर हेर्दा गल्कोट बिकासको चरणमा प्रबेश गरेको गल्कोटका अधिकांश स्थानहरुमा आजकाल मोटरबाटो पुगेको पुग्ने क्रम अझै जारी बिग्रेका बाटोहरु पुन मर्मत गर्ने क्रम चलिरहेको पाइन्छ। पहिले पहिले हिड्ने गरेका गोरेटो,घोडेटो बाटाहरु आजकल त्यती देखीदैनन। पुराना स्थानीय बजारहरु यथास्थानमा संरक्षण गरी अब नया बन्ने बस्ती तथा बजारहरु बैज्ञानिक सहरीकरणको आधारमा निर्माण गर्दा भबिश्यमा राम्रो बजार बन्न सक्छ गल्कोटमा शिक्षा क्षेत्रको पनी निकै परीबर्तन भएको पहीले एकाध माबीहरु रहेतापनी आजकल थुप्रै माबी स्तरका बिध्यालय , बोर्डिङ्ग स्कुलहरु उच्चमाबीहरु संचालनमा छन उच्चशिक्षाको लागी गल्कोट नगरपालिकामा एकमात्र बहुमुखी क्याम्पस रहेको जस्मा ब्यबस्थापन , मानविकी शिक्षा संकायमा बिभीन्न बिषयहरुमा अध्यापन गराइन्छ। राज्यको चौथौ अंग मानीने मेडीया जगतको पनी पहीलेभन्दा बिस्तार भएको पाइन्छ स्थानीय स्तरमा एफ एम , अनलाइन समाचार साइटबरु संचालित छन जसका  मार्फत पत्रकारहरुले समाजमा हुनेगरेका सकारात्मक नकारात्मक दुबैपक्षको उजागर गरेको पाइन्छ

नेपाल कृषीप्रधान देश भएकोले गल्कोट क्षेत्रपनी कृषीबाट टाढा रहने कुरा भएन त्यसैले यस क्षेत्रमा पनी पहीलेभन्दा बिकास भएको पाइन्छ आजकल ठाउ ठाउमा ब्यबसायिक रुपमा बाख्रापालन, कुखुरापालन, माछापालन तरकारी खेती गरेको देख्न पाइन्छ तर त्यती पर्याप्त भने होइन त्यसैले कृषि क्षेत्रको बिकासको लागी नगरपालिका तथा स्थानीय स्तरमा कार्यरत संघसंस्थाहरु ब्यबसायिक कृषि तालिमहरु आह्वान गरी जनतालाइ तालिम दिएर सरकारले पनी सहुलियतमा रृण प्रदान गरी उद्यमी बनाउनु पर्ने देखीन्छ फलस्वरूप कृषकहरु आत्मनिर्भर भइ यस क्षेत्रको अझै बिकास हुन सक्छ। पहिले पहीले जस्तो साटासाट त्यती देखीदैन एक अर्काका बस्तुहरु किनमेल गर्नुपर्छ भन्ने सोच बिकास भएको पाइन्छ त्यो पनी सकारात्मकता हो तर अहीले गल्कोटका खेतीयोग्य फॉंटहरुमा घर घडेरीको प्लटिङ्गको हावा चलेको त्यसले दीर्घकालीन रुपमा गल्कोटबासीलाइ नै असर पुर्याउछ त्यसैले त्यस्तो कार्य नगरपालिकामार्फत रोकीनु आबश्यक


यातयात, कृषी , शिक्षा मेडियामा भएको परीबर्तन पछी पर्यटकीय स्थलहरुको प्रबंधन बजारिकरणको बारेमा चर्चा गरौ। गल्कोटमा रहेका पर्यटकीय क्षेत्रहरु पहीलेभन्दा प्रबधन हुने क्रममा छन किनकी बाटोधाटो राम्रा बनेका छन , गल्कोटेहरु बिदेशका बिभीन्न ठाउहरुमा रहेका कारण सामाजिक संजालमार्फत चर्चा परिचर्चा हुने गरेको स्थानीय सामाजिक संस्थाहरु गल्कोटको अग्लो पहाड घुम्टे , धार्मिक स्थल कोट मैदानको बिकासका निम्ती  हरीचौरमा रहेको राजदरबारको संरक्षणमा महत्वपूर्ण भूमिका निभाएको पाइन्छ तर स्थानीय सरकार अग्रसर भएन भने बिकासले गती लिन सक्दैन त्यसैले गल्कोटका डॉंडाकॉडाहरुमा संभाब्यता अध्ययन गरी के गर्न सकीन्छ त्यस्ता योजनाहरु तर्जुमा गरेर कार्वान्वयन गर्नु आबश्यक त्यस्तै गल्कोट नगरपालिका वार्ड नं का वडा अध्यक्षको अग्रसरतामा गल्कोटकै वार्ड मा रहेको सर्सधारामा चैतेदशैको अबसरमा साहसिक क्यानोनिङ्ग खेल संचालन भएको थियो। जसले गर्दा आन्तरिक बाह्य साहसिक पर्यटन प्रबधनमा टेवा पुगेको महसुस हुन्छ।


गल्कोटमा सबैभन्दा महत्वपूर्ण गल्कोटे जनताको निम्ती अती आबश्यक बिकास हुन बॉंकी भनेको स्वास्थ्य क्षेत्र हो। यहाँ सामान्य बिरामी हुंदा पनी पर्याप्त उपचार हुन सकेको छैन रोग नचिनी औषधी खॉदा रोग झन बल्झीने जनताको स्वास्थ्य अबस्थामा प्रतिकूल असर परेको समयसमयमा अप्रिय घटना पनी सुन्नु परेको सामान्य स्वास्थ्य उपचार बाहेक गल्कोटमा बिशेषज्ञ चिकित्सक बाट सेबा लिने अबसर हालसम्म पनी छैन त्यसैले स्वास्थ्य क्षेत्रको बिकासमा गल्कोटमा यौटा अस्पताल अत्यावश्यक नै त्यसकारण सम्पुर्ण गल्कोटेहरु हातमा हात मिलाइ यौटा अली ठुलो अस्पताल गल्कोटेहरुकै सामूहिक लगानीमा संचालन गर्नुपर्ने देखीन्छ। यसो गरिएको खण्डमा गल्कोट क्षेत्रको स्वास्थ्य अबस्थाले राम्रै आसीक गर्दथ्यो त्यसको लागी गल्कोट समाजको अन्तराष्ट्रीय संजालले अग्रसरता लिनेछ भन्ने बिश्वास  

गल्कोट दुइ वटा छन यौटा गल्कोट देशमा अर्कों गल्कोट बिदेशमा यौटा गल्कोट गल्कोटमै बसी आफ्नो सम्पुर्ण उर्जा गल्कोटमै खर्चेको अर्कों गल्कोट बिदेशी भुमिलाइ कर्मभुमी बनाइ गल्कोटको बिकासमा सहयात्री बनेर सहयोग गर्ने तम्तयार त्यसैले बिदेशमा गल्कोटेहरु गल्कोट समाजको नाममा एकीकृत हुदैछन। गल्कोट समाज जापानबाट २००६ मा स्थापित समाज आजसम्म आइपुग्दा जापान, हङ्कङग,अष्ट्रेलिया,युएइ, युके लगायत बिभीन्न देशहरुमा गल्कोटको संबृधीमा टेवा ,बिदेशी भुमीमा भाइचारा कायम,आफ्नो कला संस्कृति रितीरिवाज चाडपर्बहरुको अबसरमा कार्यक्रम गरी मनोरन्जन दिने लिने लगायतका उदेस्यहरु राखी स्थापना भएको गल्कोट समाजलाइ अन्तराष्ट्रीयकरण गरी यौटा एकीकृत गल्कोट समाज अन्तराष्टीय परीषद निर्माण गर्ने अभियान रहेको गल्कोट बिकासमा प्रत्यक्ष सहभागी हुने कुरा गल्कोट समाज जापानका पदाधिकारी भवानी पन्तले आफ्नो बिचार  सार्वजनिक गरेका थिए। 

अन्तमा मेरो बिचार गल्कोट टाउकोमा राखी देश तथा बिदेशमा सयौं संघ संस्था स्थापना भएका होलान तर तिनीहरुले त्यती प्रभाबकारी  भुमीका निर्बाह गर्न सकेका छैनन त्यसैले गल्कोट संग सम्बन्धित सम्पुर्ण संधसंस्थाहरु एकपटक हातेमालो गर्नु आबश्यक जस्तो लाग्छ। अहीले हालचाल बिदेशमा गल्कोट समाजको अधिवेशनबरु चलिरहेको ठाउ ठाउमा गल्कोटेहरु एकीकृत भएका छन जागरुक भएका छन त्यसैले यस्तै मौकाहरुमा अन्तराष्ट्रीय गल्कोट समाज निर्माण गरी यौटा सामुहीक लगानीकोष स्थापना गरी सम्पुर्ण गल्कोटेहरुको सहकार्यमा गल्कोटमा अत्यावश्यक रहेको  हॉस्पिटल निर्माण गर्ने  यौटा महत्वकांक्षी योजना सहीत बाहीर आउनेछ भन्ने अपेक्षा किनकी प्रबासमा रहेका गल्कोटेहरुसंग लगानी गर्ने तन मन धन अनुभव, शिक्षा सबै गल्कोटबासी पनी रेमिट्यान्स मात्र होइन त्यसको सदुपयोग हुने खालको योजना पनी लिएर आउन भन्ने चाहन्छन पुरा गर्नका निम्ती सहयोग गर्न तम्तयार पनी छन जस्तो लाग्छ।

अन्तिमसम्म पढीदिनु भएकोमा यहाँहरुलाइ धेरै धन्यबाद सकारात्मक सल्लाह सुझाबको अपेक्षा सहीत । 


गोरख बहादुर भण्डारी